अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै « Khabarhub

अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुने जनाइएको छ। 

सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरूको सहभागिता रहने छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ।  

उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। हाल सो क्षेत्रमा २५ सय भन्दा धेरै डाक्टर र ५५ सय भन्दा धेरै नर्सहरु रहेको जनाइएको छ । 

सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा  अनुज कँडेल, डा  सरोज नियोला, अन्जु खरेल, डा  बिभा गौतम र डा. किरण सापकोटा रहेका छन्।

सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सहभागिता जनाउने भएका छन्।

 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ३ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै