अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै « Khabarhub

अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुने जनाइएको छ। 

सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरूको सहभागिता रहने छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ।  

उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। हाल सो क्षेत्रमा २५ सय भन्दा धेरै डाक्टर र ५५ सय भन्दा धेरै नर्सहरु रहेको जनाइएको छ । 

सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा  अनुज कँडेल, डा  सरोज नियोला, अन्जु खरेल, डा  बिभा गौतम र डा. किरण सापकोटा रहेका छन्।

सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सहभागिता जनाउने भएका छन्।

 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ३ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा