सेयर बजारमा झिनो अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा झिनो अंकको वृद्धि


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोबारको  पहिलो दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आइतबार ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार सेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेको छ । कारोबारको  पहिलो दिन नेप्से ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेसँगै आइतबार कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड १४ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ४ : ४५ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल