एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक | Khabarhub Khabarhub

एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  जीत हासिल गरेको छ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पीएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पीएसजी उपाधि भन्दा एक कदम पछाडि रहन पुगेको हो।

आइतबारको खेलको छैटौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट पछि अर्थात् ८औँ मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ५१औँ मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए। तर, त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन अन्ततः खेल २-० मा नै टुंगिन पुग्यो।

फ्रेन्च लिग वानमा पीएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पीएसजी कीर्तिमानी ११औँ पटक च्याम्पियन बन्नेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : २५ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक