सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबको बराबरी | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबको बराबरी


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा अञ्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदीले राईले इन्जुरी टाइममा गोल गरेका थिए ।

 जितसँगै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ०३ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको