स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ « Khabarhub

स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छिन ।

उनलाई वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाइदिन्छु र मासिक १ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : १३ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी