सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीको नवीकरण र नियमन अब जिल्ला प्रशासनबाट हुने « Khabarhub

सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीको नवीकरण र नियमन अब जिल्ला प्रशासनबाट हुने


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी कम्पनी तथा व्यक्तिका लागि सुरक्षा गार्ड आपूर्ति गदै आएका व्यवयासीको नवीकरण र नियमन अब जिल्ला प्रशासन कार्यलयबाट हुने भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि निजी सुरक्षा व्यवसायीहरुको वार्षिक नवीकरण गर्नका लागि गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको छ ।

यसभन्दा अगाडि क्षेत्रीय प्रशासन कार्यलय निजी सुरक्षा व्यवसायीको नवीकरण र नियमन गदै आएको थियो । देश संघीय संरचनामा गएपछि क्षेत्रीय प्रशासन कार्यलयहरु खारेज भएका छन् । अब भने सम्बन्धित जिल्ला प्रशासनले संस्थाको वार्षिक नवीकरण र नियमन गर्ने भएको छ ।

सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धव डल्लाकोटी जिल्ला प्रशासन कार्यालयबाट नवीकरण र नियमन हुँदा व्यवसायीहरुलाई फाइदा हुने बताउँछन् । सुरक्षा गार्ड आपूर्ति गदै आएका संस्थालाई जिल्ला प्रशासनले नै संस्था नवीकरण र नियमन गर्दा सहज र समयको बचत हुने उनको भनाइ छ ।

हाल देशभर ३ सय भन्दा धेरै निजी सुरक्षा व्यवसायी रहेको र १ लाख २० हजारभन्दा धेरै सुरक्षा गार्ड रहेका छन् । रोजगारीको राम्रो सम्भावाना रहेको क्षेत्रमध्ये सुरक्षा गार्ड पनि पर्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ४१ बजे

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ