लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार | Khabarhub Khabarhub

लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ।

यस सिजनका ला लिगा च्याम्पियन भइसकेको बार्सिलोनाले लगातार दोस्रो पराजय भोगे पछि उसको उपाधि जित खल्लो हुन पुगेको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो। च्याम्पियन विजेता घोषित भइसके पछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो।

खेलको दोस्रो मिनेटमै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो। र, सो खेलको २२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए तर ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काउन त फर्काए तर बार्सिलोनाका लागि त्यो पर्याप्त हुन सकेनन्।

अन्ततः दुवै पक्षबाट थप गोल हुन नसके पछि बार्सिलोना ३–१ ले पराजित हुन पुग्यो।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : ४२ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको