पोखरामा सेमिफाइनलका खेल आजदेखि | Khabarhub Khabarhub

पोखरामा सेमिफाइनलका खेल आजदेखि


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन्।

मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन्। खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४–१, वडा नं ३० ले वडा नं ८ लाई ३–२, वडा नं १४ ले वडा नं ३२ लाई २–० तथा वडा नं २७ ले वडा नं २४ लाई ४–३ गोलअन्तरले पराजित गरेका थिए।

आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने छ। कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ।

विजेताले रु एक लाख ५० तथा उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिए। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। फाइनल खेल बिहीबार पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १० : १३ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक