बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त | Khabarhub Khabarhub

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसका सहायक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी जीवन तथा घरवार सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका जनताप्रति सहानुभूति व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले बाढी, पहिरो तथा डुवान प्रभावित देश र जनतालाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघ तयार भएको बताएका छन् ।

उनले बाढी, पहिरो र डुवानमा परी जीवन गुमाउनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : १७ बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले