सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र मछिन्द्रको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र मछिन्द्रको बराबरी


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । 

शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्ध शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।

बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको २३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा आवास लामिछाने गोल गर्दै एपीएफलाई २-० को जित दिलाए । जितसंगै एपीएफले २२ खेलमा २९ अंक जोडेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडको छ । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ४० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार