रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन « Khabarhub

रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्। नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।

यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्।

यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ जारी गर्दैछ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

योमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन्। यस आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १० : ०७ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका