असार सकियो, रोपाइँ सकिएन « Khabarhub

असार सकियो, रोपाइँ सकिएन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् ।

कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।

महाकाली सिँचाइ तेस्रो चरणको नहर बनेपछि जिल्लाका उत्तरी भेगमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष वर्षा नहुँदा साउनसम्म रोपाइँ हुन नसकिएको हो । सुदूरपश्चिम प्रदेशका लागि अन्न भण्डारको रुपमा चिनिने कञ्चनपुरमा ११ हजार हेक्टर क्षेत्रफमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

महाकाली सिँचाइअन्तर्गत पहिलो र दोस्रो चरणबाट भीमदत्तनगर र बेल्डाँडी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाको बनिसकेपछि यहाँको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : ४३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार