लागूऔषध कारोबार गर्ने नेटवर्कको गिरोह पक्राउ « Khabarhub

लागूऔषध कारोबार गर्ने नेटवर्कको गिरोह पक्राउ


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ । 

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा बिर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झापाका विजय लिम्बु, माधव मेचे, विनोद लिम्बू र भारत दार्जिलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।

त्यस्तै ब्युरोले ३ किलो ६ सय ग्राम लागूऔषध चरेस सहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको