गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सोह्रौँ गणतन्त्र दिवसका अवसर पारेर खोटाङको दिक्तेलमा आइतबार बृहत् रक्तदान कार्यक्रममा आयोजना गरिएको छ। गणतन्त्र दिवस मूल समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १७ दाताले रक्तदान गरेका छन्।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले रक्तदान गरेर शुभारम्भ गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राई, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण बम, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राई, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमयलगायतले रक्तदान गरेका छन्। सङ्कलित भएका रगत जिल्ला अस्पताल दिक्तेलमा रहेको सङ्कलन केन्द्रमा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ।

गणतन्त्र दिवस मूल समारोह समितिले जिल्लामा विभिन्न कार्यक्रम गरी तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको छ। यही जेठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी कार्यालय तथा व्यक्तिको घरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीपावली गर्ने, जेठ १५ गते सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिकस्थलको सरसफाइ गर्ने र अन्तिम दिन जेठ १६ गते ‘गणतन्त्र’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री बजिमयले जिल्लामै सबैभन्दा बढी ५२औँ पटक रक्तदान गरेको दाबी गरेका छन्। “विसं २०६१ मा पहिलोपटक रक्तदान गरेको थिएँ ! गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा रक्तदान गरेसँगै मेरो रक्तदान ५२औँ पटक पुगेको छ”, उनले भने, “रगतबिनाको जीवन कल्पना पनि गर्न सकिँदैन। रक्तदान गरेर आकस्मिक कारणले अकालमा ज्यान जान लागेका धेरै मानिसको जीवन बचाउन सफल भएको छु।”

प्रमुख जिल्ला अधिकारी सेढाईँले २३औँ, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राईले २०औँ, सशस्त्र प्रहरी नायब उपरीक्षक बमले १२औँ, भूमि आयोगका अध्यक्ष राईले छैटौँ र समन्य समिति प्रमुख राईले चौथोपटक रक्तदान गरेको बताए।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : २६ बजे

संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले गृहमन्त्री

सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

झापा– कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८

अट्ठाइस जातका केराको परीक्षण गरिँदै

चितवन– पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको