स्थानीय सरकारले सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै « Khabarhub

स्थानीय सरकारले सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर नगरपालिकाले वंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँगाउँमा चेतना जगाउन सुरु गरेको छ । थारू समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँगाउँ पुगेर उक्त रोगबारे जानकारी दिइएको नगरपालिकाले जनाएको छ ।  

चिकित्सक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँगाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग, यसले पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्या, थारू समुदायमा रोगको असर र  नियन्त्रणलगायत विषयमा समुदायलाई सचेत बनाउने काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । 

नगरपालिकाले सिकलसेलको जाँच निःशुल्क गर्दै आएको र अहिलेसम्म करिब १५ हजार ब्यक्तिमा जाँच गरिसकेको छ । तीमध्ये एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएको नगरपालिकाका ल्याव प्रमुख शिव गौतमले जानकारी दिए । पालिकाले थारू बस्ती तथा टोल टोलमा सो रोगबारे सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ ।

सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरीलगायतको विज्ञ टोलीले रोगबारे प्रशिक्षण दिँदै आएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै  सिकलसेल एनिमिया र थालेसेमिया वंशाणुगत रोग भएकाले यसको नियन्त्रणका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सुरु गरेको बताए । 

उनले ल्याब परीक्षणबाट मात्रै रोगलाई नियन्त्रण गर्न सकिनेमा जोड दिँदै  कोहलपुरको नगर अस्पतालमा आएर  निःशुल्क जाँच गर्न स्थानीयलाई आग्रह गरे । जिल्लामा पछिल्लो समय यसका विरामीको संख्या बढ्दै गएको छ । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : ०९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग