अनलाइनमार्फत सस्तो मूल्यका सामान पठाइदिने भन्दै ८० लाख ठगी « Khabarhub

अनलाइनमार्फत सस्तो मूल्यका सामान पठाइदिने भन्दै ८० लाख ठगी


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनमार्फत विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अनलाइनमा विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने ३० वर्षीय आकिव जावेद, महोत्तरीको सोनम गाउँपालिका– ७ घर भइ काठमाडौं क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरी गौशाला नगरपालिका(५ घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन् ।

उनीहरुले मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेका खुल्न आएको छ ।

उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ३७ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३