सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ : प्रदीप पौडेल « Khabarhub

सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ : प्रदीप पौडेल


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँ क्षेत्र नं ५ भत्केको पुलमा आयोजित सार्वजनिक जग्गामा वृक्षरोपण कार्यक्रममा बोल्दै सोही क्षेत्रका सांसद पौडेलले सार्वजनिक जग्गाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए।

“सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्छ, काठमाडौँको महङ्गो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिको अन्त्य हुनुपर्छ”, उनले भने । काठमाडौँ क्षेत्र नं ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाको संरक्षणका लागि आफू लाग्ने उनको भनाइ थियो ।

उनले निर्मल लामा प्रतिष्ठानका नाममा सार्वजनिक जग्गामा व्यापारिक केन्द्र बनाउन नहुने बताए। सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितमा प्रयोग गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले नजिकका समूहको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा भाडामा दिए आफू विरोधमा उत्रनेसमेत बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ४९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द