पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री डा महत « Khabarhub

पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री डा महत


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताए।

“पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ । यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ”, उनले भने ।

अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताए । उनले भने, “बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढङ्गबाट अध्ययन विश्लेषण गरिएको छ ।”

करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उन्ले कसैको पक्ष वा विपक्षमा नभएको बताए । “राजस्वतर्फ जहाँ नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ”, अर्थमन्त्री डा महतले भने ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ९ : १८ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक