सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना « Khabarhub

सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।

बलात्कारसम्बन्धी मुद्दा टुंगो नलागेकाकारण उनी दक्षिण अफ्रिका जान नपाउने भएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै उनले टिमलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वकप्तान लामिछानेले टिमलाई शुभकामना दिएका हुन् । उनले फेसबुकमा आफूलाई टिमप्रति पूर्ण विश्वास रहेको भन्दै टिमले विश्वसामु खेल क्षमताको प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले फेरि पनि टिमले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने जनाएका छन् । उनले दक्षिण अफ्रिका यात्राका लागि टिमलाई शुभकामना पनि दिएका छन् ।

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ६ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै