साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा | Khabarhub Khabarhub

साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्। साफमा नेपाल समूह ‘ए’ मा रहेको छ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछी नेपालले असार ९ गते आयोजक भारत र असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ।

असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुने प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन्।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन्। समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

यस्तो छ प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : ३३ बजे

भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा– आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजालीलाई भरुवा बन्दुक १ थानसहित

लिपुलेक अतिक्रमण गरेको भारतसँग चीनको हातेमालो

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी