सेयर बजारमा ३८.८३ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ३८.८३ अंकको गिरावट


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ ।  आज २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो । 

यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ३ : ४८ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते