तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता « Khabarhub

तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो ।

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो । उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो । सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : १० बजे

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार