अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाइल लिएर मोबाइल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ई-सेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ३ : २८ बजे

मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो

काठमाडौं– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड

अभिनेत्री नीति शाहले सरकारसँग मागेको ‘भ्यानिटी भ्यान’ के हो ?

काठमाडौं– हालै अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूको सुरक्षा

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,