विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-४ बस्ने १९ वर्षीय आषिश बिक र कोहलपुर नगरपालिका-१ कौसिलानगर बस्ने १९ वर्षीय पुष्कर थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प ८६१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ धुर्वनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-२ पाखापानी बस्ने ३९ वर्षीय बिनोद बहादुर हुनचुङ् मगर र सोही उपमहानगरपालिका-४ ट्राफिक चोक बस्ने २५ वर्षीय निसान गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी बिट जितगढीकिल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकै टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ४० मिलिग्रामसहित जानकी गाउँपालिका-९ पुर्वी खैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : २६ बजे

चितवनराष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय

चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न

पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ

भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र