गण्डकीको नीति तथा कार्यक्रम : त्रिवेणी-कोरला सडक प्राथमिकतामा  | Khabarhub Khabarhub

गण्डकीको नीति तथा कार्यक्रम : त्रिवेणी-कोरला सडक प्राथमिकतामा 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी-कोरला सडकलाई प्राथमिकतामा राखिएको छ । 

सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला-त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले कोरला-त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको बताए । 

आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताएका छन् ।

सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कालीगण्डकी, मर्स्याङ्दीलगायतका करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उनले बताए ।

नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

सरकारका तर्फबाट प्रदेश प्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका आधारमा रही गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ का लागि बजेट तयार पार्नेछ । त्रिवेणी-कोरला सडकलाई धार्मिक मार्गसँगै आर्थिक मार्गका रुपमा प्रदेश तथा संघीय सरकारले हेर्दै आएको छ ।  

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  २ : ०३ बजे

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई