यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्ला तिला गाउँपालिका-९ रासा २३ वर्षीय  दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाको उजुरीको आधारमा उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको हो । 

विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेर सोमबार सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ५ : ०७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको