‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’ « Khabarhub

‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – “लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भने । उनका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन ।

संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र संरक्षण गर्ने गरेकाले रोपेका बिरूवा कमै जोगिएको पाइन्छ । वन जङ्गलबाट विभिन्न औषधिजन्य जडिबुटी पाइनुका साथै भुक्षय नियन्त्रण हुन्छ भने पानीको स्रोत बढ्ने फाइदा छन् । भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले भने, “वृक्षरोपण गरिन्छ तर मलजल, गोडमेल गर्ने व्यवस्थापन हुन नसक्दा बिरुवा हुर्किएको कमै मात्र देखिन्छ । रोप्ने कार्यक्रमको साथमा बेलाबेला गोडमेलको कार्यक्रम गर्दै स्थानीयवासीलाई जिम्मेवार बनाउनुपर्छ ।”

दिवसका नाममा आयोजक संस्थाले पनि तामझामका साथमा वृक्षरोपणको कार्य गर्ने सोपश्चान त्यो ठाउँमा फर्केर पनि नजाने परिपाटीका कारण रोपिएका बिरुवाको संरक्षण हुन नसकेको स्थानीय सञ्जीव कार्की बताउँछन् । नेपाल निजामती कर्मचारी युनियन भोजपुरका अध्यक्ष सीताराम ओझाले भने, “बिरुवा रोपेपछि हेरचाह गर्नुपर्छ, यो जिम्मेवारी सरोकारवाला सबैको हो । सार्वजनिक ठाउँको सम्बन्धित कार्यालयको जिम्मेवारी हो भने निजी क्षेत्रको व्यक्तिगत हुने भयो । वातावरणीय हिसाबले बिरुवा रोपण आफैँमा राम्रो कार्य भए पनि हेरचाह नगर्नु गैरजिम्मेवारी हो ।”

यसलाई आगामी दिनमा गम्भीरता पूर्वक लिनु आवश्यक देखिन्छ । वृक्षरोपणको कार्य हुर्काउन र बढाउन गरिएको भन्दा पनि देखाउनको लागि गरिने भएकाले संरक्षण हुन नसकेको स्थानीयकोे बुझाइ छ । “बिरुवा रोप्नुभन्दा पहिला बिरुवाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा कहिल्यै छलफल हुँदैन, जसका कारण पनि बिरुवा रोपी दिने संरक्षण नगर्ने परिपाटी देखियो ।” स्थानीय अशोक खतिवडाले भने।

रोपिएको बिरुवा आफ्नो हो भन्ने भावनाको विकास हुन नसक्दा बिरुवा रोपनमा मात्र सीमित हुने गरेकाले बिरुवा संरक्षणका लागि स्थानीय बासिन्दाको बीच समिति गठन गरी संरक्षणको जिम्मा दिनुपर्ने ठूलो पाखा सामुदायिक वनका अध्यक्ष कुमार खड्काले बताए । उनले भने, “ बिरुवामा हानी नोक्सानी पुर्याउने जो कोहीलाई पनि कारबाही गर्नुपर्छ ।” विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालय भोजपुरले सोमबार सदरमुकाममा रहेको बिद्योदय माविको प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपेको छ ।

जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख, कर्मचारी, शिक्षकलगायत सहभागितामा डिभिजन वनले कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : १९ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने