सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए « Khabarhub

सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी फेला परेको छ ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा गत शुक्रबार बेपत्ता भएको सिटिइभीटीको गाडीमा दुई जनाको शव पनि फेला परेको छ । गाडीमा फेला परेको शवको पहिचान अझै हुन बाँकी रहेको बताइएको छ ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : ४८ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई