विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेर बहादुर तामाङ र झापाको दमक नगरपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ मुना देवी कार्की रहेकी छन् ।

कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : २२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको