किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू | Khabarhub Khabarhub

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ। किसमिसको सेवनले मुटु सम्बन्धी रोग लाग्न बाट बचाइ आँखा तेजिलो बनाउँछ। काठमाडौँ-किसमिसलाई धेरैजसो बालबालिकाले मन पराउँछन्।

किसमिस प्रायः सबै मौसममा पाइन्छ। यो धेरै जसो मिठाइहरूमा प्रयोग गरिन्छ। किसमिसमा उच्च मात्रामा आइरनका साथै  भिटामिन, खनिज र प्रोटिन पाइन्छ। साथै क्याल्सियम, फलाम,  पोटेसियम, फाइबर, म्याग्नेसियम, भिटामिन बीलगायतका तत्वहरू पनि यसमा पाइन्छ। त्यसैले  किसमिसलाई स्वास्थ्यको हिसाबले निकै फाइदाजनक मानिन्छ।

त्यस्तै गर्भावस्थामा सुख्खा फलका रुपमा किसमिस खाने गर्नाले शरीरमा फलामको कमी हुँदैन। त्यसकारण आमा र गर्भमा बढेको बच्चाका लागि किसमिसमा रहेका पोषक तत्वहरू धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।  बेलुका एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी जति धोएर सफा बनाएको किसमिस हालेर रातभरि छोडिदिने र बिहान त्यो पानीलाई मनतातो बनाएर खाली पेटमा खान सकिन्छ।

किसमिसलाई मज्जाले चपाएर खाँदा अधिक लाभ मिल्ने चिकित्सकहरूको भनाइ छ।

यस्ता छन् किसमिसका फाइदाहरू

-किसमिसको सेवनले कलेजोको समस्याबाट मुक्ति पाइन्छ।

-किसमिस खानाले मांसपेशीहरू बलियो हुन्छन्।

-गर्भावस्थामा किसमिस खाँदा लाभ मिल्छ।

-किसमिसमा बोरोन नामक माइक्रोन्यूट्रिएंट्स पाइन्छ यसले हड्डी बलियो बनाउन मद्दत गर्छ।

-किसमिसको सेवनले एनीमियाको समस्याबाट बचाउँछ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

-किसमिसलाई दूधमा मिसाएर खाँदा वजन बढाउन सकिन्छ।

-किसमिसमा हुने आइरन, पोटासियम, क्याल्सियमले शारीरिक र मानसिक शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ।

-किसमिसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। त्यसैले नियमित रूपमा यसको सेवन गर्दा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

-किसमिसको सेवनले मुटुसम्बन्धी रोग लाग्न बाट बचाउँछ।

-दैनिक रूपमा केही किसमिसका दानालाई थोरै पानी हालेर मजाले पकाएर त्यो पानीको सेवन गर्नाले पाचन शक्ति बढाउँछ।

-किसमिसमा आइरनको मात्रा प्रचुर हुन्छ। त्यसैले किसमिस र यसको पानी खाँदा शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

-किसमिसमा भएको एन्टिब्याक्टेरियल गुणले मुखको दुर्गन्धलाई हटाइ घाँटीको संक्रमण हुनबाट जोगाउँछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५६ बजे

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी