दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु « Khabarhub

दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो । 

देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो । 

दादुरारुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ । 

मन्त्रलायले यसअघि खोप लगाएको भए पनि अभियानका क्रममा बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा लैजान अभिभावलाई आग्रह गरेको छ । 

यसअघि नेपालमा १३ जिल्लामा दादुरारुवेला रोगको संक्रमण देखिएको थियो । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ५९ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास