आजदेखि सामाजिक सुरक्षा कोष योजना लागू « Khabarhub

आजदेखि सामाजिक सुरक्षा कोष योजना लागू


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– गत २०७५ साल मंसिर ११ गते शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि लागू भएको छ । सामाजिक सुरक्षा कोषले साउन १ गते (आज) देखि औपचारिकरुपमा उक्त योजना कार्यान्वयनमा आएको जानकारी दिएको छ । ।

यसबाट नेपालको संविधानको धारा ३४ को उपधारा (२) अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको छ ।

कोषले प्रारम्भमा सबै नागरिकलाई औषधी उपचार, मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना सहित ४ वटा मुख्य योजना सञ्चालनमा ल्याएको छ ।

योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरे पश्चातमात्र कोषले सञ्चालनमा ल्याएका कोष योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न पाइने छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम प्राप्त भएकै मितिबाट र अन्य योजनाहरु सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्र लागू हुनेछन् ।

सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानूनी तथा प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझाव समेतको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिमार्जन समेत गरिएको हो ।

यसबाट सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता हुने विश्वास कोषको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : ३७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर