नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला « Khabarhub

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन भइसकेको छ ।

आईपीओका लागि लगानीकर्ताले आजदेखि जेठ ३० गतेसम्म न्यूनतम १० देखि पाँच सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर खाता मार्फत आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ९ : १० बजे

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई

विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम

कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली

काठमाडौं- कीर्तिपुरमा गोली चलेको छ । प्रहरीले कीर्तिपुरमा गोली चलाएर

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई