समृद्ध मुलुकका लागि राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री « Khabarhub

समृद्ध मुलुकका लागि राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थीरता पैदा गर्ने तत्वहरु सक्रिय हुन खोजिरहेको अवस्थामा मुलुकलाई बलियो र समृद्ध बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन् ।

उनले आफु नेतृत्वको सरकारको मुख्य ध्यान सुशासनमा रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभइ सवै प्रकारको बेतिथिको अन्त्य गर्न सरकार अघि बढिरहेको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका सकारत्मक कुरालाई बंग्याएर भ्रम सिर्जना गर्न खोजको बताए ।

मुलुकमा परिवर्तन स्थापीत गर्ने शक्तिले नै राष्ट्रलाई एकता गर्न सक्ने र नयाँ योजनाका साथ अघि बढाउन सक्ने भन्ने कुरालाई सावित गर्न नसके देश दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएकाले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्व दिएको पनि बताए ।

उनले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता, विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्दार लगायतका महत्वपूर्ण निर्णय र कामहरु भएको उल्लेख गरे ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ३५ बजे

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला

भोजपुर– पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र

देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ ।

सडक बनाउन स्थानीयको दश लाख सहयोग

म्याग्दी– आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा