समृद्ध मुलुकका लागि राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री « Khabarhub

समृद्ध मुलुकका लागि राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थीरता पैदा गर्ने तत्वहरु सक्रिय हुन खोजिरहेको अवस्थामा मुलुकलाई बलियो र समृद्ध बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन् ।

उनले आफु नेतृत्वको सरकारको मुख्य ध्यान सुशासनमा रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभइ सवै प्रकारको बेतिथिको अन्त्य गर्न सरकार अघि बढिरहेको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका सकारत्मक कुरालाई बंग्याएर भ्रम सिर्जना गर्न खोजको बताए ।

मुलुकमा परिवर्तन स्थापीत गर्ने शक्तिले नै राष्ट्रलाई एकता गर्न सक्ने र नयाँ योजनाका साथ अघि बढाउन सक्ने भन्ने कुरालाई सावित गर्न नसके देश दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएकाले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्व दिएको पनि बताए ।

उनले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता, विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्दार लगायतका महत्वपूर्ण निर्णय र कामहरु भएको उल्लेख गरे ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा