एप्पलले जारी गर्‍यो यस्ता नयाँ इमोजी « Khabarhub

एप्पलले जारी गर्‍यो यस्ता नयाँ इमोजी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एपलले केही नयाँ इमोजीहरू सार्वजनिक गरेको छ जसमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका व्यक्तिहरू र सुन्ने क्षमता कम भएका व्यक्तिले प्रयोग गर्ने सुन्ने मेसिन पनि रहेको छ।

ती नयाँ इमोजीहरू विश्व इमोजी दिवसको अवसरमा जारी गरिएको हो र तिनले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व राम्रो बनाउने दाबी गरिएको छ।

नयाँ डिजाइनहरू गत वर्ष प्रस्ताव गरिएका हुन् र तिनलाई एपलले प्रयोगकर्ताको लागि यही वर्ष जारी गर्नेछ।

एक एपल प्रवक्ताले भने: “विविधतालाई धेरै तरिकाले ग्रहण गर्ने एपलको मूल्यमान्यता नै हो।”

“यी नयाँ इमोजीहरूले किबोर्डमा भएको ठूलो खाडललाई पुर्नेछ।”

नयाँ इमोजीहरूमा मिलाइरहेको हातमा विविध रङ्ग र जनावर एवम् खानेकुराहरू पनि छन्।

एपलले अहिले २० वटा नयाँ इमोजी जारी गर्ने र वर्षको अन्त्यतिर थप इमोजी घोषणा गर्ने बताइएको छ।

एपलको नयाँ इमोजीको प्रस्ताव युनिकोड कन्सोर्टियमले स्वीकृत गरेको छ।

त्यो समयमा एपलले ‘अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो जीवनको अनुभव बोल्न’का लागि नयाँ इमोजीहरू प्रस्ताव गरिएको बताएको थियो।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ४३ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई