चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ « Khabarhub

चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ८ : २४ बजे

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको

लुम्बिनीका दुवै ओपरन आउट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं– जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

एजेन्सी– बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको

क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको