असार १ देखि ३ गते सम्म भुमे/भूम्या पर्व मनाइने « Khabarhub

असार १ देखि ३ गते सम्म भुमे/भूम्या पर्व मनाइने


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खुल्ला मञ्च काठमाडौँमा मनाइने भएको छ ।

नेपाल मगर संघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना र भुमे पर्व प्रतिष्ठानको ब्यावस्थापनमा भुमे/भूम्या पर्व खुल्ला मञ्चमा मनाउन लागिएको जानकारी दिएको हो ।

प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन छ ।

भुमे/भूम्या पर्वको खुल्लामञ्चमा असार १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र असार ३ गते पर्यटनमन्त्रीले समापन गर्ने कार्यक्रम रहेको मगर संघले जनाएको छ ।

विशेष गरी अथार मगरात क्षेत्रमा मनाइने भुमे/भूम्या पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विदेशमा पनि मगर समुदायले धूमधामका साथ मनाउने गरेका छन् ।

भुमे/भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरूले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते बिहान बस्तीका हरेक घरमा भित्र्याएपछि भुमे/भूम्या भित्रिएको मानिन्छ ।

असार १ गते बिहान बलि दिएर पूजा गरेपछि भुमे/भूम्या/नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : २७ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’