विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो बैठक « Khabarhub

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो बैठक


३२ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार ९ गतेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारीका बारेमा छलफल हुने छ ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने जसपाले जनाएको छ । केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।

जसपाले असार १०, ११ र १२ गते काठमाण्डौमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ११ : ०१ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि