भारतमा ४२ करोड मूल्य बराबरको कोकिन बरामद « Khabarhub

भारतमा ४२ करोड मूल्य बराबरको कोकिन बरामद


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।

सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।

पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।

 अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथि  शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठूला मात्रामा फेला पर्न गयो  । 

अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो ।  सो बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ३६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक