नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने  « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने 


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

बिहीबारसम्म  १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने आज पाँचजना सरकारी वकिल र जाहेरतर्फका समेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् ।

सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।

अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे अदालतले आजै आदेश गर्ने भएको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना