भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा « Khabarhub

भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, “त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।”

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : १० बजे

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको