गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी | Khabarhub Khabarhub

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

झापा – झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ ।

उनले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताए । बाहुनडाँगीका अधिकांश किसानले भारतको बैग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उनको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।

“साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि मात्र बैग्लोरबाट रु दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताए । जसमध्ये तीन वटा उनकै फार्ममै छन् ।

उनले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७७ का दरले दैनिक रु ४५ हजारभन्दा बढीको कारोबार गर्छन। विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आएका निरौलाले छ वर्षयता गाईफार्म सुरु गरेका हुन् ।

लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो”, उनले भने “गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।” उनले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताए।

प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत दूधमा अनुदान समेत दिँदै आएको छ । उनका अनुसार प्रतिलिटर रु दुईको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : २४ बजे

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल