आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

मूल्यसूचीअनुसार मालदह आँप ७० रुपैयाँ, भारतीय लिच्ची २५०, लोकल लिच्ची १२०, खोर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्‌यापी सुकेको १२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोसा प्रतिकेजी १५०, घिउ सिमी तथा राजमा ९०, कुरिलो २५०, काउली स्थानीय ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, लौका प्रतिकिलो ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५०, चम्सुरको साग १००, निगुरो  ७०, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो ७०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ५०० रुपैयाँ, हरियो खोर्सानी अकबरे १८० रुपैयाँ, रहु माछा ३१०, ताजा माछा (मुङ्ग्री)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै