१ सय २० किलो गाँजासहित चार जना पक्राउ | Khabarhub Khabarhub

१ सय २० किलो गाँजासहित चार जना पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले १ सय २० किलो लागू पदार्थ गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–२८ बगही क्षेत्रमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले १ सय २० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेट बीआर–०१–डीबी ००३ को कारबाट १ सय २० किलो गाँजा बरामद भएको प्रहरी उपरीक्षक राठौरले जनाए । राठौरका अनुसार कारको डिग्गीमा राखेर सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो ।

प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको कारका अतिरिक्त ना २४ प ८७६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गाँजासहित पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी–१७ घर भएका २१ वर्षी रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षी प्रेम दास (मोटरसाइकल चालक) पर्साकै सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षी राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २० वर्षी डम्म्ममणि घिमिरे छन् ।

गाँजासहित पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ५३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा