१ सय २० किलो गाँजासहित चार जना पक्राउ « Khabarhub

१ सय २० किलो गाँजासहित चार जना पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले १ सय २० किलो लागू पदार्थ गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–२८ बगही क्षेत्रमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले १ सय २० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेट बीआर–०१–डीबी ००३ को कारबाट १ सय २० किलो गाँजा बरामद भएको प्रहरी उपरीक्षक राठौरले जनाए । राठौरका अनुसार कारको डिग्गीमा राखेर सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो ।

प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको कारका अतिरिक्त ना २४ प ८७६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गाँजासहित पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी–१७ घर भएका २१ वर्षी रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षी प्रेम दास (मोटरसाइकल चालक) पर्साकै सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षी राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २० वर्षी डम्म्ममणि घिमिरे छन् ।

गाँजासहित पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ५३ बजे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ