चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ « Khabarhub

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेइजिङका उच्च कूटनीतिज्ञ तथा पूर्वविदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन् ।

दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ ।

“वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,” चिनियाँ कूटनीतिज्ञ वाङले ब्लिन्केनसँगको भेटमा भने ।

ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।

चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताएका छन् । सीसीटीभीले भनेको छ, “यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।”

भेटमा वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताएको सीसीटीभीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले