रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु « Khabarhub

रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो । म कुनै शङ्का नगरी भन्न सक्छ– यो आतङ्कवादी हमला थिएन । यद्यपि त्यहाँ कुनै हताहती भने भएन’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।

उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : २९ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा