साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित « Khabarhub

साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक-एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले गोल गर्दै अग्रता दिलाएका थिए । २३ औं मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बलमा कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए । 

४१औं मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन् । 

६५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३-० सहज स्थितिमा पुर्‍याएका थिए । 

६८ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालका लागि एक गोल जोडेका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : १७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई