अन्तर्राष्ट्रिय व्यापारमा स्वस्थ प्रतिस्पर्धालाई अवमूल्यन नगर्न ६ मुलुकको आह्वान « Khabarhub

अन्तर्राष्ट्रिय व्यापारमा स्वस्थ प्रतिस्पर्धालाई अवमूल्यन नगर्न ६ मुलुकको आह्वान


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हालै ६ मुलुकले आर्थिक दबाब एवम् गैरबजार उन्मुख नीतिविरुद्ध संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, न्यूजिल्याण्डले जारी गरेको घोषणापत्रलाई विश्वव्यापी व्यापार र आफ्ना नागरिकको जीविकाको सुरक्षाका लागि महत्वपूर्ण मानिएको छ । यस्तो नीति लिने मुलुकहरु विशेषगरी चीनले अन्तर्राष्ट्रिय व्यापारमा स्वस्थ प्रतिस्पर्धालाई अवमूल्यन गर्दै आएको बताइन्छ ।

आर्थिक रुपमा दबाब बढाउने चीनको नीतिका कारण धेरै मुलुकहरु लामो समयदेखि चिन्तित रहँदै आएका छन् । लामो समयदेखि आफ्नो मुद्राको अवमूल्यन गर्ने गरेको, आफ्ना उद्योगहरुलाई अनुचित लाभ प्रदान गर्ने गरेकोजस्ता आरोप चीनमाथि लाग्ने गरेको छ ।

यसबाट विश्व व्यापारमा हानी हुने मात्र नभई पारदर्शी एवम् खुला व्यापारिक सिद्धान्तको आधारमा नै जोखिम उत्पन्न हुने गरेको बताइएको छ ।
चीनले अवलम्बन गरेको गैर बजारउन्मुख नीतिले औद्योगिक क्षेत्रमा विभेद र विश्वव्यापी व्यापारका लागि स्वस्थ प्रतिस्पर्धामा बाधा उत्पन्न हुने गरेको छ ।

यसबाट विश्वव्यापी आर्थिक स्थीरतामा जोखिम र प्राविधिक खोज एवम् अनुसन्धानमा पनि समस्या देखिने गरेको विश्लेषकहरु बताउँछन् ।

चीनले व्यापारिक क्षेत्रमा मात्रै नभई भू राजनीतिक लाभका लागि पनि आर्थिक रुपमा दबाब उत्पन्न गर्ने नीति लिने गरेको छ । अन्य मुलुकहरुलाई आर्थिक दबाब दिएर चीनले भू राजनीतिक लाभ पनि लिँदै आएको छ । यसबाट अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी सहकार्यका सिद्धान्तमा पनि आँच आउने गरेको छ ।

६ मुलुकले जारी गरेको संयुक्त घोषणापत्रमा यस्ता नीतिका कारण विश्वव्यापी व्यापारमा नकारात्मक असर पर्नेमात्र नभई कामदार, व्यापारिक संस्थाहरु र विश्वव्यापी सुरक्षामा पनि जोखिम उत्पन्न हुने जनाइएको छ । यसबाट विभिन्न मुलुकका सरकारको स्वतन्त्र निर्णय लिने अधिकार र मुलुकहरुको सार्वभौम अधिकार पनि कुठिन हुने भन्दै घोषणापत्रका हस्ताक्षारकर्ता मुलुकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ०७ बजे

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई