कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : महासचिव गुरुङ | Khabarhub Khabarhub

कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : महासचिव गुरुङ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् ।

संवाद डबलीमा आज अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताए ।

“कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ”, गुरुङले भने । देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको उनको भनाइ थियो । नेता गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढङ्गको उत्पादन प्रणालीको विकल्प नभएको बताए ।

उनले भूमि सुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता औँलयाए । कृषि प्रधान देश भनिएको तर कुनै कृषि वस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताए ।

उनले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताए । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ४९ बजे

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु