विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज (बिहीबार) नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो ।

खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ ।

विश्वकपको छनोट खेलमा दुई खेल खेलेको नेपालले दुई अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो। आज पहिलो पटक वेस्ट इन्डिसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ ।

एउटा मात्र खेल खेलेको वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै दुई अंक जोडेको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् ।

विश्वकप छनोट खेलमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । यो प्रतियोगिताबाट थप दुई देश विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ५ : ५५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय